काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतबाट भैंसी चढेर आएको भनेपछि संसद्मा बबन्डर मच्चिएको छ। आज जारी संसद बैठकमा रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्किदा भैंसि चढेर स्वदेश फर्किएको टिप्पणी गरेपछी संसदमा हंगामा भएको हो।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जवाफ दिइसकेपछिको प्रश्नोत्तरका क्रममा सांसद् खनालले यस्तो टिप्पणी गरेपछी माओवादी सांसद्हरुले आपत्ति जनाएका हुन्। खनालले नयाँ हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउनुहोला भनेको भैंसी पो चढेर आउनु भयो भन्ने अभिव्यक्ति दिनु भएको थियो।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताउनु भयो। प्रधानमन्त्री भैंसी चढेर आएको शब्द संसदको मर्यादाविपरीत हुने भन्दै त्यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गर्नु भएको थियो।
त्यसलगत्तै रास्वपाका सभापति रवी लामिछानेले प्रधानमन्त्री प्रचण्ड स्वयमले भैंसी चढेर आएको भनेर भनेको बताउनु भयो। सो शब्दलाई लिएर सत्तापक्षका सांसद्हरुले आपत्ति जनाएपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएनु भयो।
त्यसपछी पुन विपक्षी सांसदले पनि प्रधानमन्त्रीलेसमेत भैंसी चढेर आएको शब्द बोलेको हटाउनुपर्ने माग गरेका थिए। त्यसपश्चात सभामुखले प्रचण्डले बोलेको ’भैंसी चढेर’ आएको भन्ने शब्दसमेत हटाउन निर्देशन दिनु भएको छ।