Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरणः जिल्ला अदालतमा थुनछेक बहस सुरू

नक्कली शरणार्थी प्रकरणः जिल्ला अदालतमा थुनछेक बहस सुरू

  • आइतवार, जेठ २१ २०८०

  • 207
    SHARES

  • नक्कली शरणार्थी प्रकरणः जिल्ला अदालतमा थुनछेक बहस सुरू

    काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएर ठगी गरेको आारेपमा पक्राउ परेका १८ जना अभियुक्तको मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा सुरु भएको थुनछेक बहसमा आज जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलहरुले बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहस गर्न सरकारी वकिललाई तीन दिनको समय छुट्याएका छन् ।

    जाहेरीकर्ताको तर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । प्रतिवादीका तर्फबाट बहस गर्न ६ दिनको समय छुट्याइएको छ ।

    त्यतीन्जेलसम्म बहस सकेर अर्को साताको बुधबार फैसला सुनाउने न्यायाधीश न्यौपानेले इजलासमा जानकारी गराएका छन् ।

    यस प्रकरणमा पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्व सांसद आङटावा शेर्पा लगाएतका १८ जना प्रतिवादी पक्राउ परेका छन् भने १४ जना अझै फरार रहेका छन् ।


    आइतवार, जेठ २१ २०८०१२:५९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij