Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री भारत भ्रमण सकेर स्वदेश फिर्ता, भ्रमण फलदायी भएको दाबी, प्रचण्डले व्यवहार कम्युनिष्टको निष्ठामा नपर्ने टिप्पणी(खासखबर)

प्रधानमन्त्री भारत भ्रमण सकेर स्वदेश फिर्ता, भ्रमण फलदायी भएको दाबी, प्रचण्डले व्यवहार कम्युनिष्टको निष्ठामा नपर्ने टिप्पणी(खासखबर)

  • शनिवार, जेठ २० २०८०

  • 419
    SHARES

  • प्रधानमन्त्री भारत भ्रमण सकेर स्वदेश फिर्ता, भ्रमण फलदायी भएको दाबी, प्रचण्डले व्यवहार कम्युनिष्टको निष्ठामा नपर्ने टिप्पणी(खासखबर)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ। उहाँले आफ्नो चारदिने भ्रमण निकै फलदायी भएको पनि दाबी गर्नुभयो। इपिजीको प्रतिवेदन र अखण्ड भारतको नक्साबारे नबोलेका प्रचण्डले सात वटा सम्झौता भएकोप्रति निकै गौरव महसुश गर्नुभएको छ। उहाँले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताउनुभयो ।

    ऊर्जा व्यापारका सम्बन्धमा भएका सहमति आफैँमा एक प्रकारको ब्रेक थ्रु रहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ । नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउनसमेत बल पुग्ने उहाँको भनाइ छ । दश वर्षमा १० हजार मेगावाट भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    भ्रमण दलमा रहेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व राज्मन्त्री गोविन्दबहादुर शाहले प्रधानमन्त्रीको भ्रमण निकै फलदायी भएको दाबी गर्नुभयो। उहाँले विद्युतको क्षेत्रमा भएको सम्झौता निकै महत्वपूर्ण रहेको दाबी गर्नुभयो। कोलकत्ताका महावाणिज्यदूत ईश्वरराज पोखरेलले पारवहन सम्झौताले नेपालमा आयात निर्यातलाई थप सहज बनाएको दाबी गर्नुभयो। पारवहनमा थप नाकाहरु समेत समेटिएकोले सामान ढुवानीमा सहज हुनेछ।

    प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा देखिएका केही दृष्यले सबैलाई चकित तुल्याएको छ। नेपालको राजनीतिक वृत्तमा समेत उहाँले गरेको महाकालेश्वरको दर्शन र गेरु वस्त्रको चर्चा भएको छ। पूर्वप्रधानमन्त्री एवं उहाँकै सहयात्री डा. बाबुराम भट्टराईले समेत प्रचण्डले बाटो बिराएको संकेत गर्नुभएको छ। स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले प्रचण्ड धर्मनिरपेक्ष राष्ट्रको प्रधानमन्त्री भएकोले हिन्दुको प्रचार गर्नैपर्ने बाध्यता नरहेको बताउनुभयो।

    राजनीतिक विश्लेषक हस्तबहादुर केशीले पनि प्रधानमन्त्री प्रचण्ड भारतको लम्पसार बनेको आरोप लगाउनुभएको छ। प्रचण्ड कसैको बहकावमा लागेर सिद्धान्त र विधि विमुख भएको केशीको भनाइ छ। यता,प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीले नै समस्या समाधानमा लागौँ भनेको दाबी गर्नुभयो। सीमाको विषयलाई समाधान गर्न भारत तयार भएको उहाँको भनाइ छ।

    यस्तै,सम्पर्क सञ्जालको विस्तार, रेलमार्ग, धार्मिक पर्यटनको अभिवृद्धि तथा विद्युतीय भुक्तानीलगायतका विषयमा समेत महत्त्वपूर्ण सहमति भएको भन्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण मुलुकको सर्वपक्षीय हितमा नै केन्द्रीत रहेको बताउनुभयो।


    शनिवार, जेठ २० २०८००८:२१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij