Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

एमाले बाहेक ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कसैको छैन : केपी ओली

एमाले बाहेक ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कसैको छैन : केपी ओली

  • शनिवार, जेठ २० २०८०

  • 440
    SHARES

  • एमाले बाहेक ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कसैको छैन : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताउनु भएको छ ।अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकीर गर्नु भएको हो ।

    पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार गरेको कार्यक्रममा उहाँले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउन समृद्धिको एजेण्डा अघि बढाएको तर्क गर्नु भयो ।ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरुले समृद्धिको एजेण्डा अघि बढाएको पनि अध्यक्ष ओलीको दाबी थियो ।

    अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताउनु भयो । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिवी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

    अध्यक्ष ओलीले कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।


    शनिवार, जेठ २० २०८००४:००:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij