Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो

ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो

  • शनिवार, जेठ २० २०८०

  • 1.4K
    SHARES

  • ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो

    काठमाडौं । ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ।  घटनास्थलमा  हाल उद्धार कार्य जारी छ। बेंगलुरु—हावडा एक्सप्रेस र शालिमार(चेन्नई कोरोमण्डल एक्सप्रेस र बालासोरमा मालबाहाक रेल दुर्घटना भएको दक्षिण पूर्वी रेलवेले शनिबार(आज) जनाएको छ।

    अहिलेसम्म प्राप्त जानकारी अनुसार २८८ जनाको मृत्यु भएको छ भने लगभग ९ सय घाइते भएका छन्।

    घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा  उपचार भइरहेको छ। सर एम विश्वेश्वराया (बेंगलुरु)–हावडा एक्सप्रेसले १२८६४  जना यात्रु बोकेको थियो भने सुपरफास्ट एक्सप्रेसले १००० यात्रु लिएर हावडातर्फ गइरहेको थियो।

    त्यसैगरी  करिब २०० यात्रु बोकेको एउटा विशेष ट्रेन दुर्घटनामा फसेको र अहिले बालासोरबाट हावडाको लागि  प्रस्थान गर्दैछ। खड़गपुर स्टेशनमा यात्रुहरूलाई पानी, चिया र खानाका प्याकेटहरू उपलब्ध गराइँदैछ। 

    हावडा जाने बाटोमा रहेको बेंगलुरु(हावडा सुपरफास्ट एक्सप्रेसका थुप्रै डिब्बा पटरीबाट खसेर नजिकैको ट्र्याकमा  अड्केका छन्।

    भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । ओडिशा अग्नि सेवाका महानिर्देशक सुधा‌शु सार‌ंगीले उद्धार कार्य भइरहेको र धेरै जना गम्भीर घाइते भएको बताएका छन् ।

    भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।

    यो दुर्घटनालाई भारतीय रेल इतिहासमा यो शताब्दीकै सबैभन्दा ठूलो दुर्घटनाका रूपमा लिइएको छ । यसअघि सन् १९८१ मा बिहारमा ठूलो रेल दुर्घटना भएको थियो । त्यतिबेला यात्रुले खचाखच भरिएको रेलको ७ वटा डिब्बा बालाघाटबाट वाग्मती नदीमा खसेको थियो । जेठमा दुर्घटना भएकाले धेरै जनालाई बाढीले समेत बगाएको थियो ।

    उद्धार हुँदाहुँदै ठूलो पानी परेकाले रोक्नसमेत परेको थियो । अहिलेसम्म पनि उक्त दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन छैन । तर ८ सयदेखि २ हजारसम्मको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।


    शनिवार, जेठ २० २०८००३:२६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij