Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपालमा विरोधपछि नयाँ नक्साबारे भारतले दियो जवाफ

नेपालमा विरोधपछि नयाँ नक्साबारे भारतले दियो जवाफ

  • शनिवार, जेठ २० २०८०

  • 1.6K
    SHARES

  • नेपालमा विरोधपछि नयाँ नक्साबारे भारतले दियो जवाफ

    काठमाडौं।भारतीय संसद्मा रहेको अखण्ड भारतको भित्तेचित्रलाई लिएर नेपालबाट उठेको विवादमा भारतले पहिलोपटक आधिकारिक बयान दिएको छ।

    नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ,जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ। यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।

    आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ। यी भित्तिचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्ते चित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताउँछ।’

    नेपालसँगको औपचारिक वार्तामा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए। यसअघि पनि नेपालका धेरै राजनीतिक नेताहरूले यो चित्रमाथि प्रश्न उठाएका थिए । नेपालका धेरै इतिहासकारहरूले पनि यसलाई गलत घोषणा गरेका छन् ।


    शनिवार, जेठ २० २०८००१:३६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij