Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

‘‘हामी सच्चिए अन्यत्र गएकाहरु पनि फर्किन्छन्’’ : प्रदीप पौडेल

‘‘हामी सच्चिए अन्यत्र गएकाहरु पनि फर्किन्छन्’’ : प्रदीप पौडेल

  • शुक्रवार, जेठ १९ २०८०

  • 407
    SHARES

  • ‘‘हामी सच्चिए अन्यत्र गएकाहरु पनि फर्किन्छन्’’ :  प्रदीप पौडेल

    काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले कांग्रेसले जनपक्षीय काम गरेर जनताको मन जित्दै आउँदो निर्वाचनमा पार्टीका उम्मेद्वारले जित्ने आधार तयार गर्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेस झापाको आयोजनामा आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पौडेलले यस्तो बताउनुभएको हो।

    ‘‘हामी सच्चिए अन्यत्र गएकाहरु पनि फर्किन्छन्’’, नेता पौडेलले भन्नुभयो, ‘‘निराश हुने अवस्था आएको छैन। तिनै तहका सरकारमा कांग्रेस छ। यिनको नेतृत्व गर्नेले समस्याको पहिचान गरेर समाधानका लागि जनपक्षीय काम गर्नुपर्छ। यो निर्वाचन परिणामको सन्देश हो।’’

    विचार र आस्था मारेर सत्तामा बसिरहनु नहुने टिप्पणी गर्दै नेता पौडेलले केही नेताको सत्तामा बस्ने गलत प्रवृत्तिका कारण निर्वाचनमा गठबन्धन भएको बताउनुभयो। लोकप्रिय कार्यक्रम ल्याएर आगामी निर्वाचनमा दुई तिहाई जनमत ल्याउने गरी कांग्रेसले काम गर्नुपर्नेमा जोड दिँदै नेता पौडेलले सत्ता प्राप्तिमात्रै राजनीतिको उद्देश्य नभएको बताउनुभयो।

    पार्टीको संगठन शुद्धिकरण र सुदृढीकरणका लागि प्रधानमन्त्री, पार्टी सभापति, जनप्रतिनिधि एवं मन्त्रीमा निश्चित समयावधि तोकेर नेतृत्व हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्नेमा युवा नेता पौडेलले जोड दिनुभयो।

    भ्रष्टाचारविरुद्ध चट्टानी अडान लिनुपर्ने दोहोर्‍याउँदै नेता पौडेलले दुई चार जनाको गल्ती संरक्षण गरेर पार्टी बर्बाद पार्न नहुने बताउनुभयो। भुटानी शरणार्थी सम्बन्धी विषयमा जो–सुकै दोषी देखिए पनि कारबाही गर्नुपर्नेमा उहाँको जोड थियो।

     


    शुक्रवार, जेठ १९ २०८००४:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij