Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डद्वारा महाकालेश्वर मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री प्रचण्डद्वारा महाकालेश्वर मन्दिरमा पूजाअर्चना

  • शुक्रवार, जेठ १९ २०८०

  • 375
    SHARES

  • प्रधानमन्त्री प्रचण्डद्वारा महाकालेश्वर मन्दिरमा पूजाअर्चना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भातरको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नु भएको छ। नयाँ दिल्लीबाट आज इन्दोर पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरमा पुगेर पूजाअर्चना गर्नु भएको हो ।

    महाकालेश्वर मन्दिरलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ। प्रधानमन्त्री प्रचण्ड मन्दिर पुग्दा ’अतिविशिष्ट प्रोटोकल’का कारण ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको थियो। प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गरेका थिए।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनमा महाकालेश्वरको दर्शनले अध्यात्मिक महसुस हुने प्रचण्डलाई विश्वास दिलाएका थिए।


    शुक्रवार, जेठ १९ २०८००४:४३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij