Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

‘म मर्दा पाँच फिट जमिन चाहिने हो, गल्ती गर्दिन’: मन्त्री किराँती

‘म मर्दा पाँच फिट जमिन चाहिने हो, गल्ती गर्दिन’: मन्त्री किराँती

  • शुक्रवार, जेठ १९ २०८०

  • 301
    SHARES

  • ‘म मर्दा पाँच फिट जमिन चाहिने हो, गल्ती गर्दिन’: मन्त्री किराँती

    काठमाडौं। पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले आफू मन्त्री भएपछि वनझाँक्रीको घेराबन्दीमा परेजस्तै भएको बताउनु भएको छ।आज शिवप्रसाद घिमिरेको ‘शून्यबाट सुरु’, व्यापारबाट अपार पुस्तकको विमोचन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

    उहाँले भन्नुभयो,‘यहाँ आफूले घुस खान जान पर्दैन। घुस खुवाउन आफैँ आउँदा रहेछन्। यो कुरा मन्त्री भएपछि थाहा पाएँ। कस्तो मुलुक हो यो ? छक्क पर्छु।’ हवाई क्षेत्रमा लगाइएको करमा पनि आफ्नो असहमति रहेकोसमेत उहाँले सुनाउनु भयो,‘बजेटमै लिएर मेरो असहमति छ। मैले सम्बन्धित निकायलाई भनिरहेको छु अर्थमन्त्रीसित त सानोतिनो आन्दोलनमै छु भने नि हुन्छ।’

    उहाँले हवाई क्षेत्रमा कर बढाउँदा हवाई भाडा झनै बढ्ने बताउनुभयो। ‘यसै पनि हाम्रो मुलुकमा भाडा महँगो छ। यसरी त कसरी पर्यटन बढ्छ ? कसरी आम्दानी बढ्छ,’ उहाँले भन्नुभयो। उहाँले भ्रष्टाचारको फाइल अझै खोल्दै जानुपर्ने बताउनुभयो । ‘ह्वेल माछा समातिए पनि ह्वेल माछालाई भ्रष्टाचारको पौडी खेल्न सिकाउने ह्वेल माछाका बाउआमालाई पनि समाउनुपर्छ।’

    पशुपतिको जग्गा खायो भन्ने प्रसङ्गतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘म मर्दा पाँच फिट जमिन चाहिने हो। एक मुठी धुवाँ उडेर जाने हो। त्यसैले म गल्ती गर्दिनँ।’


    शुक्रवार, जेठ १९ २०८००४:१३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij