Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रेशमलाई आममाफीदेखी नागरिकता विधेयकसम्म देउवाको एकलौटी, अब सहन्न : गगन थापा

रेशमलाई आममाफीदेखी नागरिकता विधेयकसम्म देउवाको एकलौटी, अब सहन्न : गगन थापा

  • शुक्रवार, जेठ १९ २०८०

  • 696
    SHARES

  • रेशमलाई आममाफीदेखी नागरिकता विधेयकसम्म देउवाको एकलौटी, अब सहन्न : गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापति शेरबहादुर देउवाको एकल सहमतिमा भएको दाबी गर्नुभएको छ ।आज काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यो दुई निर्णय कांग्रेसको नभएको दावी गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी सबै विषय कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ ।’

    यो परिपाटी अहिलेसम्म सहँदै आए पनि अब नसहने महामन्त्री थापाले बताउनु भयो। पार्टीलाई हित नगरेको निर्णय पार्टीका सबैले बोक्न नसक्ने उहाँको भनाइ छ ।


    शुक्रवार, जेठ १९ २०८००३:०६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij