Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

“कार्यकर्ता तहमा निराशा चुलियो” : गगन थापा

“कार्यकर्ता तहमा निराशा चुलियो” : गगन थापा

  • बिहिवार, जेठ १८ २०८०

  • 282
    SHARES

  • “कार्यकर्ता तहमा निराशा चुलियो” :  गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा कार्यकर्ता तहमा निराशा चुलिएको बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा संबोधन गर्दै महामन्त्री थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताउनु भएको हो ।

    उहाँले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो। “अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चुलिएको छ।पार्टीलाई सुधार गरी अघि बढाउनेगरी अभियान अघि बढाइनुपर्छ,” थापाले भन्नुभयो।

    उहाँले चुनाव अघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चुनावमा सारा दलबीच गठबन्धन भएपनि कांग्रेस एक्लै चुनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गर्नुभयो।उहाँले नेतृत्वले ठिक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरूले पनि सहि तवरले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने बताउनु भयो।


    बिहिवार, जेठ १८ २०८००३:४६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij