Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट

नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट

  • बिहिवार, जेठ १८ २०८०

  • 535
    SHARES

  • नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं। नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध सर्वोच्चमा रिट परेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछी सोहिबिरद्ध रिट लिएर वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्च अदालत पुग्नुभएको हो।

    अधिवक्ता द्वय भण्डारी र न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गर्नु भएको छ। रिट दर्ताको प्रकियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ।

    यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिनु भएको थियो।

    त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो।अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि चौतर्फि विरोधसमेत सुरू भएको छ।


    बिहिवार, जेठ १८ २०८००२:५१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij