काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको सम्बन्ध सुपरहिट बनाउनेगरी महत्वपूर्ण निर्णय भएको बताएका छन्।दुई देशको सम्बन्ध अगाडि बढाउन पेट्रोलियम पाइपलाइन,बिजुली आयात,हाइड्रो,रेलमार्गलगायतका क्षेत्रमा महत्वपूर्ण निर्णय भएको बताएका हुन्।
बिहीबार नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ता पछि पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध सुपरहिट बनाउने निर्णय गरेको बताए।
उनले भने,'भारत नेपालबीचको सम्बन्ध सुन्दर छ। नेपालको विद्युत निर्यात भइरहेको छ। अनेक क्षेत्रमा विभिन्न उपलब्धी हाँसिल गरेका छौं। तल्लो अरुण,फुकोट कर्णाली,पेट्रोलियम पाइप लाइन,क्रस बोर्डर पेमेन्टलगायत समझदारीमा हस्ताक्षर भएको छ।'
मोदीले लङ टर्म पावर ट्रेड एग्रीमेन्ट भएको बताए। उनले २०१४ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेको तीन महिनाभित्र नेपाल भ्रमण गरेको स्मरण गरेका थिए।