Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूद्वारा पदबाट राजीनामा

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूद्वारा पदबाट राजीनामा

  • बुधवार, जेठ १७ २०८०

  • 346
    SHARES

  • कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूद्वारा पदबाट राजीनामा

    काठमाडौं । कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिनुभएको छ ।

    बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उहाँले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउनुभएको हो। लिम्बु पुस २५ गते मन्त्री नियुक्त हुनुभएको थियो ।

    राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताउनुभयो । कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।

    लिम्बुले पहिचान पक्षधरबाट आफ्नो चरित्र हत्या गरेको बताउनुभयो । सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताउनुभयो ।

    जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताउनुभयो ।

     


    बुधवार, जेठ १७ २०८००६:२९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij