Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो,समर्थन पनि फिर्ता लिने

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो,समर्थन पनि फिर्ता लिने

  • बुधवार, जेठ १७ २०८०

  • 502
    SHARES

  • कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो,समर्थन पनि फिर्ता लिने

    काठमाडौं।जनता समाजवादी पार्टी जसपा कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।आजै हिक्मत कार्की नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको जसपाले केहीबेर अघि सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।

    जनता समाजवादी पार्टी कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा रहेको आफ्ना मन्त्री फिर्ता बोलाउने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला लिम्बु स्वास्थ्य मन्त्री बन्नु भएको थियो ।

    गत पुस २५ गते लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा जानु भएको थियो। जसपाले सरकार छोडेपछि कार्की नेतृत्वको सरकार संकटमा परेको छ।

    गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।


    बुधवार, जेठ १७ २०८००४:११:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij