Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रहितविरूद्ध नागरिकता विधेयक प्रमाणीकरण गरियो : रवि लामिछाने

राष्ट्रहितविरूद्ध नागरिकता विधेयक प्रमाणीकरण गरियो : रवि लामिछाने

  • बुधवार, जेठ १७ २०८०

  • 710
    SHARES

  • राष्ट्रहितविरूद्ध नागरिकता विधेयक प्रमाणीकरण गरियो : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध भएको टिप्पणी गर्नुभएको छ ।

    तल्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि रविले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिनु भएको हो ।

    नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानीत संस्थाको गरिमाविपरीत भएको उहाँको बुझाइ छ ।

    लामिछानेले फेसबुकमा लेखनु भएको छ,‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमाविपरीत , लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।


    बुधवार, जेठ १७ २०८००२:४९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij