Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

  • बुधवार, जेठ १७ २०८०

  • 346
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

    काठमाडौं।राष्ट्रपतिका रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ। संसद्का दुवै सदनले पारित गरेर दोस्रोपटक पठाएँदा समेत तत्कालीन राष्ट्रपति विद्या भण्डारीले गत असोजमा रोकिदिनु भएको थियो। मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले त्यही विधेयक प्रमाणीकरण गरेर जारी गर्नु भएको हो ।

    पहिलोपटक संसद्ले नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाउनु भएको थियो ।

    सदनले दोस्रोपटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो। १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था लत्याउँदै उहाँले थन्क्याइदिनु भएको थियो। तत्कालीन राष्ट्रपति भण्डारी पदबाट बिदा भएको तीन महिनामा नयाँ राष्ट्रपतिले नौ महिना पुरानो विधेयक प्रमाणीकरण गनु भएको हो ।

    राष्ट्रपति पौडेललाई राष्ट्रपति निर्वाचित भएसँगै उक्त विधेयक प्रमाणीकरण गरिदिन प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले दबाब दिँदै आएका थिए। त्यसमा कुन संवैधानिक जगमा टेकेर विधेयक प्रमाणित गर्ने भन्दै राष्ट्रपतिले प्रश्न उठाएपछि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेको थियो।


    बुधवार, जेठ १७ २०८००१:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij