Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रविविरुद्धको रिटको सुनुवाइ स्थगित

रविविरुद्धको रिटको सुनुवाइ स्थगित

  • बुधवार, जेठ १७ २०८०

  • 1.2K
    SHARES

  • रविविरुद्धको रिटको सुनुवाइ स्थगित

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज सुनुवाइ स्थगित भएको छ। प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको भए पनि उक्त रिट दैनिक पेसी सूचीबाट हटाइएको छ।

    कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत रिट दर्ता भएको थियो।

    अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो। रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो। वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपीठ गरेको थियो।

    सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट युवराज पौडेल ‘सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो। उक्त आदेशपछि बुधबार रिट दर्ता भएको थियो।


    बुधवार, जेठ १७ २०८००१:१४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij