Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

महानगरभित्रका ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहको आग्रह

महानगरभित्रका ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहको आग्रह

  • बुधवार, जेठ १७ २०८०

  • 301
    SHARES

  • महानगरभित्रका ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहको आग्रह

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले छुट सुविधाबारेको विवरण नदिने ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।

    विपन्न एवम् लक्षित वर्गलाई स्वास्थ्य संस्थाबाट कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार तथा त्यसबारेको विवरण उपलब्ध गराउन यसअघि महानगरले आफ्नो क्षेत्रभित्रका स्वास्थ्य संस्थालाई सूचित गरेको थियो ।

    तर ती स्वास्थ्य संस्थाले विवरण नदिएकोबारे मेयर शाहले स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई भेटेर नै ध्यानाकर्षण गराउनुभएको हो ।

    मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षणसहित अटेरी गर्नेलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।

    मन्त्रालयले ती स्वास्थ्य संस्थालाई ७ दिनभित्र कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहले चेतावनी दिनुभएको छ ।

    गएको ७ गते मेयर शाहले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने बताउनुभएको थियो ।

    उहाँले अस्पतालमा १० प्रतिशत शय्या छुट्याएर गरिब तथा विपन्न बिरामीलाई उपचार दिएको विवरण हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिनु भएको थियो ।

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड–२०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको भन्दै उहाँले ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।

    त्यसअघि गएको २ गते काठमाण्डौ महानगरपालिकाले उपचारका लागि पुग्ने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार दिन महानगरभित्रका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो ।


    बुधवार, जेठ १७ २०८०११:१५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij