Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमणमा जाँदै, भारतले संसदमा राखिएको नक्सा हटाउला त ?(खासखबर)

प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमणमा जाँदै, भारतले संसदमा राखिएको नक्सा हटाउला त ?(खासखबर)

  • मंगलवार, जेठ १६ २०८०

  • 434
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमणमा जाँदै, भारतले संसदमा राखिएको नक्सा हटाउला त ?(खासखबर)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जान लाग्नुभएको छ। भारत भ्रमण जानुअघि उहाँले आफ्नो पार्टी नेकपा माओवादी केन्द्र, मन्त्रिपरिषद् बैठकमा आफ्ना केही धारणा प्रस्तुत गर्नुभएको थियो भने राय लिनुभएको थियो। उहाँ प्रधानमन्त्रीमा नियुक्त भएदेखिको यो पहिलो भ्रमण हो।

    प्रधानमन्त्री प्रचण्डको अहिलेको अवस्थामा हुन लागेको भ्रमणलाई चौतर्फी चासोका रुपमा हेरिएको छ।हामीसँग सम्बन्ध जोडिएको छिमेकी राष्ट्र चीन र अन्य मुलुकहरुको समेत भ्रमणबारे चासो देखिएको छ। यहाँको आर्थिक अवस्था कमजोर भइरहेका बेला मुलुक सञ्चालन गर्न र भारतसँग सीमालगायतका विषयमा देखिएका विवाद समाधान गर्न यो भ्रमण कोसेढुंगा साबित होला त भन्ने आम मानिसमा चासो छ।

    परराष्ट्रमन्त्री एनपी साउँदले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताउनुभएको छ। विगतमा सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गर्नुभयो।

    भोलिको भारत भ्रमणका लागि दौडधुपमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले विभिन्न कार्यक्रममा अब आफूले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने भन्दै भ्रमणका लागि आवश्यक तयारीमा युद्धस्तरमा कुदेको बताउनुभयो।भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले मुलुकका ठूला भ्रष्टाचारका फाइल र हत्याकाण्डबारे सुक्ष्म अनुसन्धान गरिने पनि दाबी गर्नुभयो। २०४६ सालको परिवर्तनपछिका चर्चामा रहेका काण्डहरुबारे आफूले कडा कदम चाल्ने उहाँको ठोकूवा थियो।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको‘अखण्ड भारत’को विवादित नक्साप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डले त्यो नक्सा हटाऊ भन्न सक्नुपर्ने बताउनुभयो।एमालेका नेता प्रदीप ज्ञवालीले अन्य विस्तृत सम्झौता भन्दापनि सम्बन्ध सुधारको विषयमा बढी जोड दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री भएको यति लामो समयपछि भारत भ्रमणमा जानु, आफूलाई कम्र्फटेबल भनिएपनि कार्यान्वयन नहुनुप्रति केही तुस रहेको उहाँको भनाइ छ।

    भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने परराष्ट्रमन्त्री साउँदले जानकारी दिनुभयो।जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने कुरा, एलओसीबाट ट्रान्समिसन लाइनहरु बनाउने कुरा, नेपाल–भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्ने कुरा, भारतीय ग्रिड र ट्रान्समिसनलाई प्रयोग गरेर बंगलादेशमा विद्युत निर्यात गर्नुपर्ने जस्ता महत्वपूर्ण कुरा सामेल हुनेछन् ।


    मंगलवार, जेठ १६ २०८००८:०१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij