काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पु¥याउने बताउनु भएको छ।
आज नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने बताउनु भयो ।
उहाँले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री दाहालले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पु¥याउनु पर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाँले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनु भयो। उहाँले आफू अहिले युवा अवस्थाको भन्दा पनि बढी खटिइरहेको बताउनु भयो ।