Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको संकल्प,‘भारत भ्रमणमा सकेसम्म राम्रो गरेर आउँछु’

प्रचण्डको संकल्प,‘भारत भ्रमणमा सकेसम्म राम्रो गरेर आउँछु’

  • मंगलवार, जेठ १६ २०८०

  • 316
    SHARES

  • प्रचण्डको संकल्प,‘भारत भ्रमणमा सकेसम्म राम्रो गरेर आउँछु’

    काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताउनु भएको छ।नभए पनि नराम्रो चाहिँ नगर्ने उहाँले बताउनु भयो।

    माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भारत जान लागेको बताउनु भयो।

    ठूलो बजारको सुनिश्चितता नहुँदा नेपालको विद्युतमा ठूलो लगानी आउन नसकेको भन्दै उहाँले बजार सुनिश्चित गर्ने सम्भावना रहेको बताउनु भएको छ। बंगलादेशसम्म नेपालको विद्युत व्यापारको बाटो खोल्न सके भविश्यसम्म सम्झने काम हुने उहाँको भनाइ छ।

    ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पु¥याउने, सीमा विवादको समाधान खोज्ने लगायतका एजेण्डा पनि रहेको उहाँले सुनाउनु भयो। राम्रो गर्न बल गर्ने, सकिएन भने नराम्रो चाहिँ नगर्ने आफ्नो नीति रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले, ‘मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठीक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने,’ प्रतिबद्धता जनाउनु भयो ।


    मंगलवार, जेठ १६ २०८००२:३३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij