काठमाडौं। सरकारले आउँदो आर्थिक वर्षका लागि पेस गरेको बजेटमार्फत निजी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रमबाट हटाइएको छ ।
“स्वास्थ्य बिमा कार्यक्रम सबै सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट प्रदान गरिनेछ,” सोमबार संसद्मा बजेट पेस गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भयो ।
चालु आर्थिक वर्षको बजेटमा पनि सरकारी र सामुदायिक अस्पतालबाट मात्र बिमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । तर, यसबीचमा निजी अस्पतालबाट समेत बिमा सेवा दिइँदै आएको थियो ।
मेडिकल कलेज र निजी अस्पतालबिना बिमा कार्यक्रम प्रभावकारी नहुने बहस हुँदै आएको छ ।