काठमाडौं । सरकारले ‘उत्पादन साथमा,अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषकका लागि ‘उत्पादन साथमा,अनुदान हातमा’ कार्यक्रम घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री डा.महतले किसानलाई उत्पादनमा प्रोत्साहन दिन यो कार्यक्रम ल्याइएको बताउनु भयो। बीउ खरिद,रासायनिक मल,बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बजेटमा उल्लेख छ ।