Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीले न्याय पाएनन् : रवि लामिछाने

रेशम चौधरीले न्याय पाएनन् : रवि लामिछाने

  • सोमवार, जेठ १५ २०८०

  • 739
    SHARES

  • रेशम चौधरीले न्याय पाएनन् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आममाफी दिएर छोड्दा स्वयंम रेशम चौधरीलाई न्याय नभएको बताउनुभएको छ ।

    संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रविले रेशम चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ आफ्नो दलले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको बताउनुभयो । तर अहिले गलत प्रक्रियाबाट उनलाई छुटाइएको भन्दै लामिछानेले भने, ‘रेशम चौधरी छुट्नुभयो, ठीक छ । तर रेशम चौधरीमाथि न्याय भएन ।’

    दुई दिन अगाडिसम्म रेशमले नै आफूसँग म निर्दोष छु भनेको भन्दै उहाँले अघि भन्नुभयो, ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन । जुन लडाईँ उहाँको थियो, यो लडाइँ उहाँले जित्नु नै भएन ।’

    एउटा व्यक्ति जेलमुक्त हुँदा खुसी हुनु आफ्नो ठाउँमा भए पनि थारुहरुको संघर्षले विजय प्राप्त नगरेको बताउनुभयो। रविले भन्नुभयो, ‘उहाँको रिहाइ विजय होइन, त्यो बाँकी नै छ ।’


    सोमवार, जेठ १५ २०८००४:०४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij