Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गणतन्त्र स्थापनाको १५ वर्षमा समावेशी प्रतिनिधित्व बढ्यो

गणतन्त्र स्थापनाको १५ वर्षमा समावेशी प्रतिनिधित्व बढ्यो

  • सोमवार, जेठ १५ २०८०

  • 178
    SHARES

  • गणतन्त्र स्थापनाको १५ वर्षमा समावेशी प्रतिनिधित्व बढ्यो

    काठमाडौं । गणतन्त्र स्थापनाको १५ वर्षमा नीति निर्माण तथा प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्व बढेको छ ।

    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार २०४८, २०५१ र २०५६ को संसदमा भएको महिला प्रतिनिधित्वको तुलनामा गणतन्त्रपछिको प्रतिनिधित्व उल्लेख्य रुपमा वृद्धि भएको छ । यस्तै संवैधानिक पदाधिकारीमा महिला र पुरुषको अनुपात ८ः९२ पुगेको छ ।

    २०४९ सालमा भएको निर्वाचनमा स्थानीय तहमा ० दशमलव ६२ प्रतिशत महिला प्रतिनिधित्व भएकोमा २०५४ सालको निर्वाचनमा ११ दशमलव ७७ प्रतिशत, २०७४ सालको निर्वाचनमा ४० दशमलव ९६ प्रतिशत र २०७९ सालमा भएको निर्वाचनमा ४१ दशमलव २३ प्रतिशत महिला सहभागिता बढेको छ ।

    यस्तै प्रतिनिधि सभाको निर्वाचनमा पनि महिला सहभागिता बढेको छ । २०४८ सालमा ३ दशमलव ९ प्रतिशत, २०५१ सालमा २ दशमलव ९३ प्रतिशत, २०५६ सालमा ५ दशमलव ८५ प्रतिशत, २०६४ सालमा ३२ दशमलव ७८ प्रतिशत, २०७० सालमा २९ दशमलव ४५ प्रतिशत, २०७४ साल र २०७९ सालमा पनि ३३ प्रतिशत महिला सहभागिता बढेको छ ।


    सोमवार, जेठ १५ २०८००३:३६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij