Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रास्वपाकि सांसद कंसाकारले आज शपथ लिँदै

रास्वपाकि सांसद कंसाकारले आज शपथ लिँदै

  • सोमवार, जेठ १५ २०८०

  • 223
    SHARES

  • रास्वपाकि सांसद कंसाकारले आज शपथ लिँदै

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सांसद बन्नुभएकी बिन्दबासिनी कंसकारले आज शपथ लिनुहुने भएको छ।सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँनुहुनेछ ।समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा विवादित बनेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।

    त्यसपछी श्रेष्ठको ठाउँमा कंसकार सांसद बन्नुभएको हो ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको टेप बाहिरिएपछि रास्वपाले छानविन गरी ढाकाकुमारलाई हटाएको थियो।त्यसपछि रास्वपाले विन्दवासिनी कंसाकारलाई श्रेष्ठको ठाउँमा समानुपातिक सांसद बनाएको थियो।

    रास्वपाको सिफारिसमा कंसाकारलाई निर्वाचन आयोगले सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको थियो। निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिए पनि सर्वोच्चको आदेशका कारण आजसम्म शपथ लिन रोकिएको थियो ।


    सोमवार, जेठ १५ २०८००२:५७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij