Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संसदीय सुनुवाइ समिति गठन, यी हुन् समितिमा रहने १५ सदस्य

संसदीय सुनुवाइ समिति गठन, यी हुन् समितिमा रहने १५ सदस्य

  • आइतवार, जेठ १४ २०८०

  • 1.9K
    SHARES

  • संसदीय सुनुवाइ समिति गठन, यी हुन् समितिमा रहने १५ सदस्य
    काठमाडौं । संसदीय सुनुवाइ समिति गठन भएको छ । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
     
    जसलाई सभाले स्वीकृत गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ४/४ जना छन् । कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लीलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य रहेका छन् ।
     
    संसदीय सुनुवाइ समितिमा माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पशुपति शमशेर जबरा र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट प्रकाश अधिकारी सदस्य छन् ।
     
    १५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन् ।


    आइतवार, जेठ १४ २०८००३:१२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij