Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

२०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक

२०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक

  • आइतवार, जेठ १४ २०८०

  • 447
    SHARES

  • २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक
    काठमाडौं । आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ। अर्थमन्त्री डा.प्रकाश शरण महतले आइतबार(आज) प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको हो।
     
     
    सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम हिजो प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो।
     
    राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ उक्त नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो। हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएपछि सत्तारुढ पक्षले संशोधन प्रस्ताव फिर्ता लिएका थिए। प्रतिपक्षीका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। 


    आइतवार, जेठ १४ २०८००३:०५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij