काठमाडौं। काठमाडौंको नयाँ बानेश्वर नेपाल समाजवादी मोर्चाका अध्यक्ष युवराज पौडेल सफलमाथि कुटपिट भएको छ।सफललाई सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको हो।
स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए।
उनीहरूले जिस्काएपछि सफल जंगिएको र त्यसपछी सुरु भएको आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ।अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्च मुद्दा हालेका सफल सामाजिक सञ्जालमा चर्चामा छन्।