काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनु भएको छ। उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने र केही समस्या भए सुधार गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उहाँको तर्क छ।
कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक पद्धतिमा देखिएका कमी कमजोरी सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड निुभयो।
‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले, डराउनदैन पनि। कतिपय उचित आलोचनाहरु हुन्छन्। आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन् उत्साह हुन्छ। केही समस्या भए करेक्सन पनि हुन्छ। त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले’ उहाँले भन्नुभयो।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो।