Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपालबाट भारतमा विद्युत निर्यात पुनः सुरु

नेपालबाट भारतमा विद्युत निर्यात पुनः सुरु

  • शनिवार, जेठ १३ २०८०

  • 895
    SHARES

  • नेपालबाट भारतमा विद्युत निर्यात पुनः सुरु

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि भारतमा विद्युत निर्यात पुनः सुरु गरेको छ ।नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको हो ।

    शनिबार एक सय मेगावाट विद्युत् भारत निर्यात गरेको थियो । प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको प्राधिकरणले जनाएको छ ।

    अब केही दिन प्रसारण लाइनको अवस्था जाँच गरेर मात्र थप विद्युत निर्यात गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको जनाएको छ ।

    हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो ।


    शनिवार, जेठ १३ २०८००१:१७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij