Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अभिनेत्री रकुलप्रित सिंह एनसीबीको कार्यालयमा

अभिनेत्री रकुलप्रित सिंह एनसीबीको कार्यालयमा

  • शुक्रवार, आश्विन ९ २०७७

  • 1.2K
    SHARES

  • अभिनेत्री रकुलप्रित सिंह एनसीबीको कार्यालयमा

    एजेन्सी । बलिउड लागुऔषध मुद्दामा आफ्नो बयान दिन शुक्रबार अभिनेत्री रकुलप्रित सिंह एनसीबीको कार्यालय पुगेकी छन् । रकुलका साथै एनसीबीमा दीपिका पदुकोणकी म्यानेजर करिश्मा प्रकाश र धर्मा प्रोडक्सनका निर्देशक क्षितिज प्रसाद पनि पुगेका छन् ।

    करिष्मा यसमा सन् २०१७ मा दीपिकासँग गरिएको ड्रग्स च्याटका कारण तानिएको हो । उनीहरुमध्ये एनसीबीले सर्वप्रथम रकुलसँग सोधपुछ गर्नेछ । दीपिकाकी म्यानेजर करिश्मासँग दिँउसो सोधपुछ गरिनेछ । हुन त एनसीबीले रकुललाई बिहीबार नै बोलाएको थियो । तर एनसीबीको पत्र नआएको भन्दै रकुल बिहीबार एनसीबी गइनन् ।

    यता एनसीबीले भने रकुललाई अनलाइनमार्फत पत्र पठाएको र धेरैपटक फोनमार्फत सम्पर्क गर्न खोज्दा पनि कुरा हुन नपाएको बताएको थियो । रकुललको टिमले पत्र पाएको छैन भनेपछि एनसीबी टोलीले उनको घरमै गएर पत्र दिएको थियो ।

    बिहीबार उपस्थित नभएकी रकुल शुक्रबार भने एनसीबी पुगेकी छिन्  


    शुक्रवार, आश्विन ९ २०७७०३:४०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij