Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल

प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल

  • शनिवार, जेठ १३ २०८०

  • 348
    SHARES

  • प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल

    काठमाडौं । प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

    प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा तीन ठुला दलका शीर्ष नेताहरू सहभागी भएका हुन् ।

    छलफलमा माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे रहनु भएको छ भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक पदम गिरी सहभागी हुनु भएको छ ।

    त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुभएको बताइएको छ ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि शनिबार लागि बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।


    शनिवार, जेठ १३ २०८०११:०८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij