Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले निकट मुक्ति समाजमा चुलियो विवाद, ५० भन्दा बढी सदस्यले गरे बहिष्कार

एमाले निकट मुक्ति समाजमा चुलियो विवाद, ५० भन्दा बढी सदस्यले गरे बहिष्कार

  • शनिवार, जेठ १३ २०८०

  • 322
    SHARES

  • एमाले निकट मुक्ति समाजमा चुलियो विवाद, ५० भन्दा बढी सदस्यले गरे बहिष्कार

    काठमाडौं । नेकपा एमाले निकट दलित संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजमा फेरी विवाद चुलिएको छ ।

    इन्चार्ज जितु गौतम र अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले जिम्मेवारी बाँडफाडमा एकलौटी गरेपछि विवाद चुलिएको हो । मुक्ति समाजको २०७९ असार ४ र ५ गते काठमाडौंमा बसेको बैठकले जिम्मेवारी बाँडफाडमा चरम लापरवाही गरेको थियो ।

    एक वर्षसम्म पनि विवादलाई समाधान नगरेको भन्दै काठमाडौंमा आयोजित तेश्रो केन्द्रीय कमिटी बैठक असन्तुष्ट पक्षका ५० भन्दा बढी केन्द्रीय सदस्यले बहिष्कार गरेका छन् ।

    असन्तुष्ट पक्षका केन्द्रीय सचिवालय सदस्य हरि नेपालीले भने संगठनको नीति, विधि पद्धति भन्दा बाहिर गई मन परि ढंगले संगठन चलाएको, जिम्मेवारी दिदाँ नेतृत्वको चाकडी गरेकालाई मात्र जिम्मेवारी दिएकोले यो बैठक बहिष्कार गरिएको हो ।

    त्यसैगरि केन्द्रीय सचिवालय सदस्य राजेश नेपालीले भने मुलतः दलित आन्दोलनलाई राजनीतिक मुद्धा केन्द्रित नगरी सामान्य कर्मकाण्डी तवरले संगठन चलाउन खोजेकोले बैठक बहिष्कार गरेका हौं ।

    २०७८ चैत्रमा काठमाडौंमा भएको मुक्ति समाजको छैठौं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष मनोहर विश्वकर्मा पौडेल चयन भएका थिए । त्यसैगरी पार्टीले मुक्ति समाजको इन्चार्जको रुपमा एमालेका पोलिटब्युरो सदस्य जितु गौतमलाई पठाएको थियो ।

    अध्यक्ष र इन्चार्जले संगठनलाई गुमराहमा राखी निश्चित व्यक्तिका स्वार्थ अनुकूल संचालन गरे, संगठनमा आएको विवादलाई सम्बोधन नगरी बल जफ्ती ढंगले बैठक गरेको, जातिय विभेदका घटनाहरु घट्दा पनि संगठनले विज्ञप्तीसमेत निकाल्न नसक्ने अवस्थामा संगठनलाई पुराएकोले देश भरिका ५० भन्दा बढी केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेको केन्द्रीय सदस्य रामलाल राजवंशी विकेले भन्नुभयो।

    मुक्ति समाजका केन्द्रीय सचिव नरेश विकले मुक्ति समाजमा कुनै विवाद नभएको र कसैले पनि बैठक बहिष्कार नगरेको बताउनुभयो ।

    संगठनलाई एजेण्डा विहिन तरिकाले चलाउन खोजेकोेले हाम्रो असहमतीसहित बैठक बहिष्कार गरेका छौ केन्द्रीय सदस्य कल्पना सुनारले भन्नुभयो ।

    एमालेका केन्द्रीय सदस्य तथा मुक्ति समाजका सह–इन्चार्ज बोमबहादुर विश्वकर्माले केही केन्द्रीय कमिटीका सदस्यहरुको असन्तुष्टि रहेको तर बैठक सामान्य रुपमा नै चलेको बताए ।

    यदि नेतृत्व समयमा नै नसच्चिए संगठनको समानान्तर गतिविधि अगाडि बढाउने एक केन्द्रीय सदस्यले बताउनुभयो ।


    शनिवार, जेठ १३ २०८०१०:१०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij