Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

२० मिनेटका लागि स्थगित संसद बैठक अझै अनिश्चित

२० मिनेटका लागि स्थगित संसद बैठक अझै अनिश्चित

  • शुक्रवार, जेठ १२ २०८०

  • 363
    SHARES

  • २० मिनेटका लागि स्थगित संसद बैठक अझै अनिश्चित

    काठमाडौं। नेकपा एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित प्रतिनधि सभाको बैठक तीन बजे बस्ने भनिएको थियो। तर, फेरि पनि तोकिएको समयमा नबसेसँगै अनिश्चित बनेको छ।

    सत्ता पक्षका सांसद्ले पशुपतिमा सुनको जलहरीका सट्टा पित्तलको राखिएको आरोप लगाएपछि नेकपा एमालेले अवरोध गरेको थियो।उक्त विषयमा सरकारको धारणा माग गरेको एमालेले संसद् चल्न नदिने संकेत देखेपछि सभामुख देवराज घिमिरेले १२ः४५ बजे २० मिनेटका लागि स्थगित गर्नुभएकोे थियो।

    तर, तोकिएको २० मिनेटमै समस्या समाधान भएन। भनिएको समयमा बैठक बस्न नसकेपछि सूचना जारी गरेर तीन घन्टाका लागि सारिएको बताइएको छ। त्यसअनुसार ३ बजे बस्नुपर्ने बैठक साढे ३ बजे सम्म पनि बस्न सकेको छैन ।


    शुक्रवार, जेठ १२ २०८००३:३०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij