काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा बेल घेराउ गर्दै संसद बैठक अबरुद्ध गरेको छ।आज जारी संसद बैठकमा एमालेले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ न्यौपानेले माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिँदै बैठक अबरुद्ध गरेको हो।
जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा जलहरीमा सुनको जलप लगाउनु पर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाउनु भएको थियो । उक्त अभिव्यक्तिप्रति एमालेले संसद्मा विरोध गर्दै बेल घेरेर नाराबाजी गरिरहेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुंगोमा नपुगेसम्म बैठक चल्न नदिने एमालेको चेतावनी छ।