Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आजको प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

आजको प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

  • शुक्रवार, जेठ १२ २०८०

  • 306
    SHARES

  • आजको प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको प्रतिनिधिसभाको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गरिने भएको छ । आजको बैठक बिहान ११ बजे बस्ने कार्यतालिका रहेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको हो ।

    बैठकको सुरुमा नीति तथा कार्यक्रममाथि धारणा राख्न बाँकी रहेका सांसदहरुले बोल्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले जवाफ दिनु हुनेछ भने त्यसपछि नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गर्ने र शुक्रबार नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

    नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट यसअघि नै पारित भइसकेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने छ ।


    शुक्रवार, जेठ १२ २०८००८:४४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij