Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा आजदेखि अदालतमा बयान लिइने

शरणार्थी प्रकरणमा आजदेखि अदालतमा बयान लिइने

  • शुक्रवार, जेठ १२ २०८०

  • 229
    SHARES

  • शरणार्थी प्रकरणमा आजदेखि अदालतमा बयान लिइने

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गरिएकाहरुको आजदेखि अदालतमा बयान लिन थालिने भएको छ ।

    गत बुधबार मुद्दा दायर गरिएका १६ जनाको काठमाठौं जिल्ला अदालतमा शुक्रबार बयान लिन सुरु गरिन लागेको हो । प्रहरीले उक्त प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको छ ।

     

    प्रतिवादी बनाइएका १४ जना भने अहिले पनि फरार छन् । प्रहरीले पक्राउ परेकाहरुलाई हिरासतमा प्रारम्भिक बयान लिएर गत बुधबार अभियोजनपत्र दर्ता गरेको थियो ।

    अब उनीहरुले न्यायाधीशसमक्ष बयान दिनेछन् । बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि पक्राउ परेकाहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।


    शुक्रवार, जेठ १२ २०८००७:५०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij