Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रविको चेतावनी : 'मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ नि, घण्टी लाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।'

रविको चेतावनी : 'मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ नि, घण्टी लाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।'

  • बिहिवार, जेठ ११ २०८०

  • 637
    SHARES

  • रविको चेतावनी : 'मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ नि, घण्टी लाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।'

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा फेरि मुद्दा परेपछि आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग विषय भएको भन्दै मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

    आफूले अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरी नेपाली नागरिकता पुनः लिएको दावी गर्नुभएको छ ।

    उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ,'मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ। अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु।

    अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ। घण्टी लाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।'

    अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै लामिछानेविरुद्ध बुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध रिट दायर गरेका छन् ।

    नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको रिट निवेदनमा उल्लेख छ। मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ।

    रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको रिट दाबी गरिएको छ। लामिछाने यसअघि पनि नागरिकता विवादमा मुछिएपछि सर्वोच्चले उहाँको सांसद पदसँगै सबै पदहरु खारेज गरिदिएको थियो।


    बिहिवार, जेठ ११ २०८००२:३५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij