Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

जलनको उपचारमा नेपालका डाक्टर अब्बल छन्, एसियाकै सेन्टर बनाउन सकिन्छ : सांसद चन्द्र भण्डारी

जलनको उपचारमा नेपालका डाक्टर अब्बल छन्, एसियाकै सेन्टर बनाउन सकिन्छ : सांसद चन्द्र भण्डारी

  • बुधवार, जेठ १० २०८०

  • 402
    SHARES

  • जलनको उपचारमा नेपालका डाक्टर अब्बल छन्, एसियाकै सेन्टर बनाउन सकिन्छ :  सांसद चन्द्र भण्डारी
    काठमाडौं । ग्यास लिक भएर आगो लाग्दा घाइते भएका कांग्रेस सांसद डा. चन्द्र भण्डारीले जलन भएकाहरूको उपचारका लागि नेपालका डाक्टर अब्बल भएको बताउनुभएको छ । उहाँले सरकारले यहाँ रहेका अस्पतालहरूका लागि विशेष ध्यान दियो भने जलनको उपचारका लागि एसियाकै सेन्टर बनाउन सकिने बताउनुभयो ।
     
    भारतमा उपचार गराएर फर्केपछि संसद्‌मा आफ्ना भनाइ राख्दै उहाँले भन्नुभयो, ‘अरू देशकाभन्दा हाम्रा कम छैनन्। मैले उपचार गरेको जम्मा बाउछोराले चलाएको अस्पताल रहेछ, तर एसियाको राम्रो रहेछ। हाम्रो कीर्तिपुरमा त्यस्ता ११र१२ जना  डाक्टर हुनुहुन्छ। फिजियोथेरापीमा त झन् विश्वकै राम्रो छन्। त्यसैले एसियाको सबैभन्दा राम्रो अस्पताल नेपालमा बन्न सक्छ। यहाँको हावापानीका कारण पनि त्यो सम्भव छ।’
     
    उहाँले अहले कीर्तिपुर र शुषमा कोइराला मेमोरियल अस्पतालका भवन निर्माणका आवश्यकता पूरा गर्न पनि सरकारसँग माग गर्नुभएको छ।
     
    यसैगरी जलनको उपचारका लागि पनि विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताउनुभएको छ । दूरदराजका गरिबहरू नै धेरै आगोबाट जल्ने समस्या खेप्ने गरेको उल्लेख गर्दै उहाँले संसद्‌मार्फत् यस्तो आग्रह गर्नुभएको हो।
     
    ‘क्यान्सर, मुटु र मिर्गौलाका बिरामीलाई जस्तै जलनलाई पनि जोड्नुपर्ने रहेछ। यसमा ठुलो दर्द लुकेको छ,’ उहाँले भन्नुभयो। गाउँ-गाउँमा ग्यास पुगे पनि त्यसको प्रयोगमा सावधानीबारे कहीँकतै पढ्न नपाइने बताउनुभएको छ। स्कुलका पाठ्यक्रममा त्यसका बारेमा उल्लेख गरिनुपर्ने उल्लेख गर्दै पाठ्यक्रम निर्मातामाथि आक्रोश पोख्दै भन्नुभयो, ‘यिनका भाषण सुन्नुपर्ने,  गुनासो सुन्नुपर्ने तर उनीहरूले यति साना कुरामा पनि कुनै ध्यान नदिने? बच्चाहरू स्कुल जाँदा बाटो कसरी क्रस गर्ने? ग्यास-बिजुली कसरी बाल्ने? कसैलाई यसबारेमा ध्यान भएन।’
     
    यसैगरी स्वचालित रेगुलेटर प्रयोगका लागि कानुनी व्यवस्था गर्न पनि उहाँले माग गर्नुभएको छ।


    बुधवार, जेठ १० २०८००३:०६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij