Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

देशमा गरिखाने वातवारण बनाउने नीति कार्यक्रम आएन : रवि लामिछाने

देशमा गरिखाने वातवारण बनाउने नीति कार्यक्रम आएन : रवि लामिछाने

  • बुधवार, जेठ १० २०८०

  • 333
    SHARES

  • देशमा गरिखाने वातवारण बनाउने नीति कार्यक्रम आएन : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातवारण नदेखिएको स्पष्ट हुने बताउनुभएको छ।

    बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको बताउनुभएको हो।

    उहाँले सरकारले अनुदान लिने भन्दापनि लगानी भित्र्याउने नीति लिनुपर्नेमा जोड दिनुभयो। लगानीले रोजगारीको अवसर सिर्जना गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने उहाँको भनाई छ।

    उहाँले स्थानीय तहहलाई जवाफदेही बनाउने ठोस कार्यक्रम पनि सरकारले ल्याउन नसकेको, स्वदेशी र विदेशी लगानी प्रवद्र्धन गरी उद्यमशिलतालाई बढावा दिने कुरामा ठोस कार्यक्रम नभएको पनि टिप्पणी गर्नुभयो ।

    उहाँले व्यापारी, व्यवसायीलाई नेताले संरक्षण गर्ने नभइ नीति ले संरक्षण गर्नुपर्ने अवस्था बनाउनुपर्ने बताउनु भयो । सरकारको नीति तथा कार्यक्रम ज्येष्ठ, नागरिक अशक्त तथा अपांगता भएका व्यक्तिहरुको पक्षमा नभएको समेत उहाँको भनाई छ ।


    बुधवार, जेठ १० २०८००२:१५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij