Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

  • बुधवार, जेठ १० २०८०

  • 415
    SHARES

  • नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

    काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराउनुभएको हो ।

    प्रधानमन्त्रीले हिजो जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । जसपाबाट यसअघि अशोक कुमार राई शिक्षा मन्त्री हुनुहुन्छ ।

    योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।


    बुधवार, जेठ १० २०८०१०:५२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij