Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा

‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा

  • मंगलवार, जेठ ९ २०८०

  • 907
    SHARES

  • ‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा

    काठमाडौं । समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको शिखरमा लोकार्पण गरिएको छ ।

    राइनास–२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चार पटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही जेठ ३ गते गरेको सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताउनुभयो ।

    आरोहणका क्रममा ‘चराको गीत’का कविताले आफूलाई सहज बनाएको उहाँले अनुभव सुनाउनुभयो । सगरमाथामा लोकार्पण भएको पहिलो नेपाली कविता सङ्ग्रहका रूपमा ‘चराको गीत’ले आफ्नो नाम अङ्कित गरेको र त्यसमा आफूले भूमिका निर्वाह गर्न पाएकोमा अत्यन्त खुसी लागेको पर्वतारोही ठकुरीले बताउनुभयो ।

    चराको गीतको पहिलो संस्करण साझा प्रकाशनबाट २०७४ सालमा प्रकाशित भएको थियो । कृतिको दोस्रो संस्करण पनि साझाबाट हालै प्रकाशित भएको छ ।

    नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता एवं वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहको भूमिका रहेको यो कृति नेपाली कविता फाँटमा चर्चित कृतिमध्ये एक मानिन्छ ।


    मंगलवार, जेठ ९ २०८००५:४१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij