Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रचण्डजी, खबरदार! अहंकार र घमण्डले देश चल्दैन : केपी ओली

प्रचण्डजी, खबरदार! अहंकार र घमण्डले देश चल्दैन : केपी ओली

  • मंगलवार, जेठ ९ २०८०

  • 530
    SHARES

  • प्रचण्डजी, खबरदार! अहंकार र घमण्डले देश चल्दैन : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको आरोप लगाउनु भएको छ।

    आज ललितपुरमा नेकपा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषद्मा ६५ वर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहेपनि ७१ र ७७ वर्षका मान्छेलाई नियुक्त गरेको आरोप लगाउनु भयो।

    उहाँले यस विषयमा संविधान र कानुनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताउनु भयो। ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेढ वर्षसम्म प्रतिपक्षीसँग सम्बाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने चेतावनी दिनुभयो ।

    वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको उहाँको भनाइ छ।उहाँले मुलुकमा आर्थिकलगायत विभिन्न समस्या देखिए पनि सरकार बेखबरजस्तै देखिएको तर्क गर्नुभयो।

    उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्य मान्यताविपरीतको काम गरे कारबाही गर्न अग्रसर हुने बताउनु भयो ।

    ओलीले एमालेमाथि सबैतिरबाट तीव्र हमला गरेर सिध्याउन खोजे पनि पार्टीलाई अझ सशक्तरूपमा अघि बढाउने पनि बताउनु भयो।

    उहाँले पार्टी ध्वस्त पार्ने, पार्टी नेतृत्वप्रति अनास्था गर्ने काम भए पनि पार्टीलाई शुद्धीकरण गर्ने मौका पाएको र शुद्धीकरण कारण पार्टीलाई छोटो समयमा नै मजबुद अवस्थामा पुराएको दाबी गर्नुभयो।


    मंगलवार, जेठ ९ २०८००५:३८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij