Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

‘मजस्तो प्रधानमन्त्री कोही छ ?’ : प्रधानमन्त्री प्रचण्ड

‘मजस्तो प्रधानमन्त्री कोही छ ?’ : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, जेठ ९ २०८०

  • 344
    SHARES

  • ‘मजस्तो प्रधानमन्त्री कोही छ ?’ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताउनु भएको छ। आज राष्ट्रिय सभामा सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताएका हुन्।

    ‘अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ म चाहिँ, यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन, नेपालको इतिहासमा मौलिक भेटिएको छ। ९९.२५ प्रतिशतले समर्थन गरेको, प्रतिनिधि सभाको शत प्रतिशतले समर्थन गरेर बनेको प्रधानमन्त्री भेटिदैन,’उहाँले भन्नुभयो।

    उहाँले नीति कार्यक्रम साझा र सामुहिक रूपले निर्माण गरेकाले विरोधको नैतिक धरातल नरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामीले साझा नीति कार्यक्रम सामुहिक रूपले निर्माण ग¥यौं र त्यसैको जगमा यो सरकारको नीति कार्यक्रम बनेको हुनाले एक्स्ट्रिममा गएर यसको विरोध पनि सैद्धान्तिक नैतिक धरातल मचाहिँ देख्दिन’ ।

    उहाँले अति नै समर्थन गर्नु पनि नपर्ने भन्दै भन्नुभयो,‘यो बढो सोचविचार गरिएको, सबैको बुद्धि विवेक प्रयोग भएको कार्यक्रम हो’।


    मंगलवार, जेठ ९ २०८००४:२५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij