Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेबिरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

रवि लामिछानेबिरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

  • मंगलवार, जेठ ९ २०८०

  • 2.0K
    SHARES

  • रवि लामिछानेबिरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल(सफल)लेसर्वोच्च अदालतमा दर्ता गराउन दिएको रिट दरपिठ गर्ने आदेश बदर भएको छ।

    युवराजले नेपाली नागरिकता पुनः प्राप्ति गर्दा प्रक्रिया पूरा नगरेकाले उनी सांसद रहन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट लिएर पुग्नु भएको थियो। तर, त्यतिबेला सर्वोच्चले सो रिट दर्ता नगरी दरपिठ गरिदिएको थियो ।

    २८ वैशाखमा सर्वोच्च प्रशासनले सो रिट दरपिठ गरेपछि युवराजले दरपिठविरुद्ध २ जेठमा निवेदन दिनु भएको थियो ।सो निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले हिजो सो रिट दरपिठ गर्ने आदेश बदर गरेको हो।

    दरपिठ बदर भए पनि सो आदेशको लिखित आइसकेको छैन ।लिखित आदेश आएपछि युवराजले रिट दर्ता गर्ने बताउनु भएको छ। गत ४ मंसिरको चुनावमा चितवन २ बाट निर्वाचित रास्वपा सभापति लामिछानेले युवराजकै रिटका कारण नागरिकता प्रकरणमा दोषी ठहर हुँदै सबै पद गुमाउनु परेको थियो।

    त्यसपछि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गरेर १० वैशाखमा भएको उपचुनावबाट फेरि निर्वाचित भएर सांसद हुनुभएको छ । तर,उहाँले पुनः नागरिकता प्राप्त गर्दा अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नबुझाएको दाबी गर्दै सांसद हुन अयोग्य भएको जिकिरसहित युवराजले सर्वोच्चमा अर्को रिट दायर गर्न लाग्नु भएको हो ।


    मंगलवार, जेठ ९ २०८००४:०४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij