Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बल्ल पायो प्रचण्ड सरकारले पूर्णता,यी हुन् आज थपिएका नयाँ मन्त्री

बल्ल पायो प्रचण्ड सरकारले पूर्णता,यी हुन् आज थपिएका नयाँ मन्त्री

  • मंगलवार, जेठ ९ २०८०

  • 866
    SHARES

  • बल्ल पायो प्रचण्ड सरकारले पूर्णता,यी हुन् आज थपिएका नयाँ मन्त्री

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

    राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारीलाई नियुक्त गरेर मन्त्रिपरिषदले पुर्णता दिईएको हो ।

    जसपाबाट यसअघि अशोक कुमार राई शिक्षा मन्त्री बनिसक्नु भएको छ। आज जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ।

    राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


    मंगलवार, जेठ ९ २०८००१:५९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij