Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा यी ७ जना जुनसुकै बेला पक्राउ पर्ने सक्ने

शरणार्थी प्रकरणमा यी ७ जना जुनसुकै बेला पक्राउ पर्ने सक्ने

  • सोमवार, जेठ ८ २०८०

  • 2.6K
    SHARES

  • शरणार्थी प्रकरणमा यी ७ जना जुनसुकै बेला पक्राउ पर्ने सक्ने

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रतिवेदन बुझाएको छ। काठमाडौँ सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै प्रहरीले ठगी, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसूरविरुद्धको सजायमा मुद्दा चलाउन सुझाव दिएको छ ।

    यसबाहेक बयानका क्रममा प्रतिवादीहरूले पोलेका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जना रहेका छन् । उनीहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका ‘हाइ प्रोफाइल’ व्यक्तिमाथि किन छानबिन अगाडि बढाइएन भन्दै आलोचना भइरहेको थियो ।

    विशेष गरेर पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाण (हाल प्रहरी हिरासतमा) की पत्नी मञ्जु खाण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ बारे प्रश्न उठेको थियो ।

    त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्यको समेत नाम यो प्रकरणमा जोडिएको छ । तर, प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिहाल्ने प्रमाण भने फेला पारेको छैन ।मुद्दा अभियोजनका लागि सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेको संयोजकत्वमा ८ जना वकिलहरू खटिएका छन् ।

    प्रहरीले आज बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता नेउपानेले जानकारी दिनुभयो ।


    सोमवार, जेठ ८ २०८००५:०६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij