Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार,तीन नयाँ मन्त्री नियुक्त

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार,तीन नयाँ मन्त्री नियुक्त

  • सोमवार, जेठ ८ २०८०

  • 372
    SHARES

  • लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार,तीन नयाँ मन्त्री नियुक्त

    काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।चौधरीले सोमबार तीन जना मन्त्री नियुक्त गर्नुभएको हो ।

    नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता रहेका छन्।

    कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जनता समाजवादी पार्टीका अहिरले कृषि तथा भुमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका गुप्ताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

    मुख्यमन्त्री चौधरीले यसअघि बिना विभागीय रहेका दुई मन्त्रीलाई पनि जिम्मेवारी दिनुभएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

    यसअघि नै माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको थियो। १० सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अझै केही मन्त्रालय भने रिक्त नै छन् ।

    बाँकी मन्त्रीहरु बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी गराउनुभएको छ।


    सोमवार, जेठ ८ २०८००४:०६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij